काठमाडौं। युइएफए च्याम्पियन्स लिग फुटबल अन्र्गत गएराति भएको खेलमा चेल्सी विजयी भएका छन्। चेल्सीले अजाक्समाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ। लन्डनस्थित स्टामफोर्ड ब्रिजमा भएको खेलको १७औं मिनेटमै अजाक्सका कप्तान केनेथ टेलर रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सीमित भएको थियो। जसपछि खेलको रफ्तार पूर्ण रूपमा घरेलु टोलीको पक्षमा गएको थियो। […]