काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई ६३ लाख ९६ हजार रुपैयाँ बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग सामग्री परिचालन गर्न उक्त संस्थाका देशीय निर्देशक सकेब नवीसँग मङ्गलबार सम्झौता गरेको नेपालस्थित जर्मनी राजदूतावासले जनाएको छ । आगामी दुई महिनाभित्रमा […]