सरकारलाई महरको प्रश्न- चुनाव गर्न नसके के गर्न सक्नुहुन्छ?

डडेलधुरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपाली राजनीतिक क्षेत्रमा आपतकालीन समयमा भएको सम्झौता सरकारसँगै सबै पक्षबाट इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस नगर समिति परशुराम डडेल्धुराको आयोजनामा सम्पन्न पार्टीका अगुवाहरूसँगको भेटघाटमा उनले आपतकालीन अवस्थामा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको विषय भएकाले त्यसको कार्यान्वयनमा सरकार सक्रिय र इमानदार हुनुपर्ने बताए। […]