एजेन्सी– संयुक्त अरब इमिरेट्स (यूएई) र पाकिस्तानको जेलबाट २६१ जना अफगान कैदी कैद मुक्त भई स्वदेश फिर्ता भएको जनाइएको छ । संयुक्त अरब इमिरेट्समा अफगानिस्तानको दूतावासको निरन्तर कूटनीतिक प्रयासको परिणामस्वरूप एमिराटी अधिकारीहरूले करिब १०८ जना अफगान बन्दीहरूलाई रिहा गरेको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । यो रिहाई युएईको राष्ट्रिय दिवसको अवसरमा गरिएको जनाइएको छ […]