प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासले उक्त निर्णय गरेको हो। संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधानमल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्मा सहभागी थिए। इजलासले अन्तरिम आदेश मागिएको विषय अन्तिम […]