रामपुर। पाल्पाको रामपुर नगरपालिका–७ तुरुङदी खोलास्थित कालीगण्डकी करिडोर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज अपराह्न २ः३० बजेको समयमा लु१३प ८६३५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार बगनासकाली गाउँपालिका–९ बस्ने २८ वर्षीय अर्जुन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । तानसेनबाट रामपुरतर्फ आइरहेको लु१३प […]