२० वर्षदेखि नियमित आइसको चेक-इन गर्दै आएकी थिइन् ४ सन्तानकी आमा, भइन् भियतनाम डिपोर्ट

अमेरिकाको मेरिल्यान्डमा बसोबास गर्दै आएकी एक आमालाई अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले भियतनाम डिपोर्ट गरेको छ । मेरिल्यान्डमा बसोबास गर्दै मेलिसा ट्रानलाई गत मे महिनामा आइस अधिकारीहरुले हिरासतमा लिएका थिए । अक्टोबरमा एक न्यायाधीशले उनको थुनाको आवश्यकता नरहेको ठहर गर्दै रिहा गर्न आदेश दिएका थिए। तर, रिहा भए पनि उनी डिपोर्टेशनको जोखिमबाट जोगिन सकिनन्। […]