गोरखा– मनास्लु क्षेत्रमा ढुङ्गाले लागेर एक पर्यटक घाइते भएका छन् । घाइते भएका पर्यटक दुई दिनदेखि उद्धारको पर्खाइमा छन् ।   चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुङ्गाले टाउकोमा लागेर काठमाडौँको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए ।  प्रतिकूल मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार […]