प्यालेस्टिनी सशस्त्र समूह हमासको कब्जामा मृत्युवरण गरेका विपिन जोशीको शव सोमबार काठमाडौँ ल्याइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर निकै शोकाकुल बन्यो। विमानस्थलमा आयोजित श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री सुशीला कार्कीले उनको शवमा राष्ट्रिय झन्डा ओढाइन्। प्रधानमन्त्रीले माल्यार्पण गरिरहँदा विपिनका आफन्त प्रकाश जोशी र नारद जोशीका आँखा रसाइरहेका थिए। शोकले भरिएको क्षणमा प्रकाश र नारदले पत्रकारलाई छोटकरीमा भने, “भइहाल्यो, अहिले […]