स्वास्थ्य बिमा सुधार्न कानुन कार्यान्वयनको खाँचो

स्वास्थ्य बिमा कार्यक्रममा लाखौँ नागरिक जोडिएका छन्। सयौँ स्वास्थ्य संस्थाबाट सेवा प्रवाह भइरहेको छ। दिनमा हजारौँले सेवा लिने गरेका छन्। यस क्रममा कहीँकतै सानातिना समस्या हुनु स्वाभाविक हो। बिरामीले अलिक धेरै स्वास्थ्य परीक्षण गराउन पाए हुन्थ्यो भन्ने चाहना राख्छन्। बिरामीले भनेपछि चिकित्सकले पनि ठीकै छ नि भनिहाल्छन्। बिरामीले भनेजति नभए पनि घटाएर तीनचार वटा गरिदिन्छन्। […]