ढोरपाटन– बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराह ताल, जैमिनी नगरपालिका–३ गाजा दह (ताल), काठेखोला गाउँपालिका–४ को खोर ताल, बागलुङ नगरपालिका–१० स्थित बराह तालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । पछिल्लो समय गाउँगाउँमा […]