कांग्रेसको निर्वाचन प्रतिज्ञापत्रमा स्वास्थ्य क्षेत्रका ४१ विषय समेट्न स्वास्थ्यकर्मीहरुको सुझाव

सुझाव पत्रमा स्वास्थ्य सेवालाई दान वा उपहार नभई 'समुन्नत नेपाल निर्माणको लगानी'का रूपमा व्याख्या गरिएको छ। विशेषगरी स्वास्थ्य बजेटलाई कुल बजेटको १० प्रतिशत पुर्‍याउनुपर्ने र स्वास्थ्य क्षेत्रमा छुट्टै 'स्वास्थ्य सेवा ऐन' ल्याउनुपर्ने मागलाई प्रमुखताका साथ उठाइएको छ।