कांग्रेस–एमालेका आधा दर्जन नेता ‘ब्ल्याक लिस्ट’ मा, फागुन २१ मा चुनाव लड्न नपाउने

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही वरिष्ठ नेता समेत उम्मेदवारी दिन नसक्ने भएका छन्। निर्वाचन आयोगको ‘कालोसूची’मा परेका नेताहरूमा कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा एमालेका सचिवद्वय डा. राजन भट्टराई र शेरधन राई रहेका छन्। गत निर्वाचन २०७९ मा काठमाडौं–४ बाट कांग्रेसतर्फ थापा र एमालेतर्फ भट्टराईले चुनाव लडेका थिए। […]