बर्दिया । बर्दिया जिल्लामा भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तथा व्यवस्थापकीय तयारी पूरा भएको छ। जिल्लाका सबै मतदान स्थल र मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी खटाइसकिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताउनुभयो । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी तथा सुरक्षाकर्मीहरू आफ्नो-आफ्नो कार्यक्षेत्रमा पुगेर तयारी […]
काठमाडौं– प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले तोकिएका मतदान केन्द्रमा मतदान गर्दै छन् । उनीहरूले यसअघिका निर्वाचनमा जस्तै आआफ्नो मतदाता नामावली कायम भएको मतदान केन्द्रमा गई अमूल्य मतदान गर्नेछन् । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रबाट मतदान […]
कतिपय अवस्थामा झुक्याएर वा अन्य उपाय अपनाएर अर्कैको नाममा मतदान गर्ने प्रवृत्ति पनि देखिने गरेको छ। यदि कुनै मतदाता मतदान केन्द्रमा पुग्दा आफ्नो नाममा अर्कैले पहिले नै मत खसालेको थाहा पाए भने के हुन्छ?
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई प्रभाव पार्ने उद्देश्यले सञ्चालन गरिएका विरोध तथा अवरोध गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म १६० जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधि तथा सम्भावित सुरक्षा जोखिम सिर्जना गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जनाइएको […]
२० फागुन, काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअन्तर्गत कडा सुरक्षा व्यवस्था मिलाएको बताएको छ ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले गृह मन्त्रालयको समन्वयमा तयार पारिएको सुरक्षा योजना …
हिमाली जिल्ला मुस्ताङको सबैभन्दा दुर्गममा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङता गाउँको परिचय हो यो। गाउँको एकमात्र हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा भोट खसाल्ने मतदाता जम्मा ३१ जना छन्। हुन त मतदाता नामावलीमा गाउँका ३९ जना मतदाताको नाम छ, तर ३ जनाको यसअघि नै मृत्यु भईसकेको छ। चिसो छल्न तल झरेका केही वृद्ध मतदाता गाउँ फर्किन सकेनन्। जसले गर्दा गाउँमा ३१ जनाले मात्र भोट खसाल्नेछन।