धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई व्यावसायिक कफीखेती प्रविधि तालिम प्रदान गरिएको छ । व्यावसायिक रूपमा ४०० देखि ५०० बढी विरुवा रोपेका किसानहरूका लागि पालिकाले सो तालिम प्रदान गरेको हो । गाउँपालिकाभित्रमा खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका किसानहरूलाई दक्ष बनाउने उद्देश्यले प्रविधिसम्बन्धी तालिमको आयोजना गरेको महाभारत गाउँपालिका कृषि प्राविधिक खिमबहादुर डाँगीले […]