काठमाडौं–१ : ‘चर्चित’ निर्वाचन क्षेत्रमा मतदाताको मनोविज्ञान बुझ्दै उम्मेदवार

काठमाडौं– प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा संसदीय राजनीतिका लागि सबै नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा छन् । विसं २०४६ को राजनीतिक परिवर्तन पछाडि नेपाली कांग्रेसका कार्यवाहक  सभापति एवं तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव मदनकुमार भण्डारी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस नेता […]