चिया कपसँगे भविष्यका गफ!

म सोचमग्न भएँ। आजभन्दा तीन वर्षअघि म पनि त यही लाइनमा थिएँ। जागिर हुँदाहुँदै पनि अस्ट्रेलिया जान तम्सिएको, तर किन हो उताको भिसा काउन्सुलरलाई मैले पेस गरेको डकुमेन्ट्समा चित्त नबुझेर त आज ‘मेरो देश नेपाललाई’ माया गर्छु भन्दै यतै छु। सम्झाऊँ पनि के भनेर यसलाई अब?