भारतमा पनि ‘होस्टेल ३’ ले ५१ दिन मनायो

काठमाडौं। ‘होस्टेल’ चलचित्र फ्रेन्चाइजको तेस्रो भागले भारतीय नेपाली समुदायबीच पनि लोकप्रियता विस्तार गरेको छ।  नेपालमा लगातार ५१ दिन प्रदर्शनको ऐतिहासिक सफलता मनाएको ‘होस्टेल ३’ ले अब भारतमा पनि सोही सफलता दोहोर्‍याएको हो। सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित एसभीएफ सिनेमा, रिंक मलमा निरन्तर प्रदर्शन भइरहेको यो चलचित्रले त्यहाँ पनि ५१ दिन पूरा गरेको भारतका वितरक सुरज […]