दमौली– यहाँको म्याग्दे गाउँपालिकाले ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रममार्फत २४ जना महिलालाई पोषण भत्ता वितरण गरेको छ । गाउँपालिकाले थर्पु आधारभूत अस्पतालमा चालु आर्थिक वर्ष २०८२/८३ मा संस्थागत सुत्केरी गराएकालाई प्रतिसुत्केरी पाँच हजार रुपैयाँका दरले पोषण भत्ता उपलब्ध गराएको हो । संस्थागत सुत्केरी भएका १७ र सुत्केरी अवस्थामा जटिलता आएर अन्यत्र पठाइएका सात जनालाई पाँच हजार रुपैयाँका दरले […]