मुस्ताङ। नेपाल-चीन उत्तरी कोरला नाका पूर्ण रुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका बासिन्दाले रोजगारी पाएका छन्। कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्। यो नाका २७ कात्तिक २०८० देखि खुला गरिएको थियो। त्यसअघि माथिल्लो मुस्ताङका नागरिक कृषि पशुपालन र घरायसी कामधन्दामा सीमित थिए। […]