काठमाडौं– नेपाल पत्रकार महासङ्घले सरकारले छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ मा समावेश कतिपय प्रावधानप्रति असहमति जनाएको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी नियमावलीका कतिपय व्यवस्था स्वतन्त्र प्रेसविरोधी देखिएको भन्दैे असहमति जनाएको हो । महासङ्घले भनेको छ, “निःशुल्क दर्ता र नवीकरण हुँदै आएकामा शुल्क थोपर्ने, अनुगमन तथा निरीक्षण स्थानीय अधिकारीले पनि गर्ने भन्ने […]