काठमाडौँ। शिल्पी थिएटरको प्रसिद्ध नाटक ‘लस्ट एन्ड फाउन्ड’ अब काठमाडौँबाहिरका दर्शकले पनि हेर्न पाउने भएका छन्। अहिले शिल्पी थिएटरको टिम नाटक लिएर तिहारअघि देशका चार सहरमा प्रदर्शनका लागि निस्किएको छ। २८ असोजमा भरतपुरको नारायणी कला मन्दिरबाट सुरु हुने नाटक मञ्चन ३० असोजमा दमौली पुग्नेछ। पोखराको पोखरा थिएटरमा १ कात्तिकमा मञ्चनपश्चात् घोराहीको दियालो होटलमा नाटक मञ्चन हुनेछ। […]