संविधान बाँचे लोकतन्त्र बाँच्छ

लोकतान्त्रिक संविधान मुलुक र मुलुकवासीको दीर्घकालीन हितका निम्ति अनिवार्य छ । त्यसमा पनि संविधानसभाबाट जारी गरिएको संविधानका अनेकन् सकारात्मक पक्ष छन् । तिनलाई संरक्षण गर्दै सुधार गर्नुपर्ने पक्षमा सुधार पनि गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । संविधान सबैले आफ्नो भएको अनुभूति गर्न सक्नुपर्छ ।