चीनको नयाँ नियम– सामाजिक सञ्जालमा संवेदनशील विषयबारे बोल्न 'योग्यता प्रमाणपत्र' चाहिने

चीनमा अब संवेदनशील विषयमा बोल्न वा सामाजिक सञ्जालमा लेख्न 'योग्यता प्रमाणपत्र' चाहिने भएको छ। अक्टोबर २५ देखि लागू भएको यो नयाँ नियमअनुसार स्वास्थ्य, कानुन, शिक्षा वा वित्तजस्ता 'संवेदनशील विषय' बारे सामाजिक सञ्जालमा बोल्न वा लेख्न सम्बन्धित व्यक्तिले आफ्नो योग्यता प्रमाणित गर्नुपर्नेछ। यस्ता विषयमा सामग्री तयार पारी सामाजिक सञ्जालमा राख्ने प्रभावशाली व्यक्तिहरू (इन्फ्लुएन्सर) लाई लक्ष्य...