काठमाडौँ। वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका-३ का ३१ वर्षीय राहुल पुञ्ज रहेका छन्। भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ मा बस्दै आएका पुञ्जलाई शनिबार काठमाडौँ महानगरपालिका-११ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीविरुद्ध एकजना पीडितले उजुरी दिएका थिए। […]