काठमाडौं– एमाले नेता महेश बर्तौलाले गरे मतदान काठमाडौं- एमाले नेता तथा पूर्व सचेतक महेश बर्तौलाले मतदान गरेका छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार समेत रहेका बर्तौलाले भिमफेदी ९ बाघमाराबाट मतदान गरेका हुन् ।
२१ फागुन, सुनसरी । सुनसरीमा प्रतिनिधिसभा सदस्यका लागि जारी निर्वाचनमा साढे १० बजेसम्म १५ प्रतिशत मत खसेको निर्वाचन प्रमुख दिव्यराजले जानकारी दिएका छन् ।
उनका अनुसार हालसम्म सबै मतदानस्थलमा शान्तिपूर्ण मतदात भइरहेको छ । कुल मतदाता …
कल साइन ९ एन ए ओ बी को एभरेष्ट हेलिकोप्टर प्राविधिक समस्या आएका कारण काठमाडौं फर्किएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। यसबारे थप बुझिरहेको विमानस्थल कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले नागरिकलाई जानकारी दिए।
काठमाडौं– आज देशभरि प्रतिनिधिसभा निर्वाचनका लागि मतदान भइरहेको छ। यस्तै काठमाडौं क्षेत्र नम्बर ४ बुढानिलकण्ठस्थित र्चाटर आधारभूत विद्यालयको मतदान केन्द्रमा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतदान शान्तिपूर्वक जारी छ। बिहान ११ बजेसम्म करिब १ हजार मतदाताले आफ्नो मत प्रयोग गरिसकेका छन्।
२१ फागुन, काठमाडौं । निर्वाचनका लागि नुवाकोटको महामाया आधारभूत माविमा खटिएका प्रहरीका सई अचानक बिरामी परेका छन् ।
सई विक्रम विक अचानक बिरामी परेपछि उपचारका लागि त्रिशूली अस्पताल पठाइएको छ ।
अहिले उनको ठाउँमा असई विजय ठाकुरलाई …