रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्ने अदालतको आदेश स्वागतयोग्य भएको बताएका छन् । उनले अदालतले धरौटीमा रिहा गरेर मुद्दा अघि बढाउने गरी गरेको आदेश स्वागतयोग्य भएको बताएका हुन् । उनले यो निर्णय सहकारी पीडितको हितमा भएकोसमेत बताएका छन् । ‘अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्ने गरी […]