शान्ति कायम गर्न मधेसी र मुस्लिम आयोगमा गृहमन्त्रीको छलफल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेसी र मुस्लिम आयोगमा पुगेर पदाधिकारीसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन्। पछिल्ला दिनमा तराई-मधेसका केही जिल्लामा देखिएका साम्प्रदायिक असहिष्णुताका घटनाबारे छलफल केन्द्रित रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। त्यस्तै संविधानले संवैधानिक निकायका रूपमा व्यवस्था गरेका दुवै आयोगको काम, कर्तव्य, अधिकार, आयोगले भोगिरहेका समस्या तथा सरकारसँग आयोगका अपेक्षालगायत विषयमा पनि […]