कुर्सीले हो कि बाध्यताले उहाँले चस्मा उपहार पाउनुभयो— कालो फ्रेमको, महँगो र विशेष गुण भएको। त्यो चस्मामा देखिएको दिनदेखि उहाँ टोलमा पहिलेभन्दा बढी देखिन थाल्नुभयो। तर उहाँको साथीभाइ भेट्ने थलो भने उही थिएन। उहाँको घरमा विदेशी बास बस्ने गरेको पनि सुनिन्थ्यो। नाम चल्ने नेता भएर पनि होला, उहाँले भेट्न मानिसहरूको भीड लाग्थ्यो।