स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय पक्राउ

काठमाडौँ। स्रोत नखुलेको रकमसहित कैलालीमा दुई भारतीय पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत लखिमपुर खिरी पलियाका २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता छन्। उनीहरूलाई आइतबार साँझ धनगढी उपमहानगरपालिका ३, मिलनचोबाट पक्राउ गरिएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए। उनीहरू यूपी ३१ सीएन ११७५ नम्बरको कारमा यात्रारत थिए। […]