एसियन पेन्ट्स बन्यो कर्णाली याक्सको सह-प्रायोजक

काठमाडौँ। दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कर्णाली याक्स स्पोर्ट्स प्रालिले एसियन पेन्ट्सलाई सह-प्रायोजकको रूपमा भित्र्याएको छ। काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्सका मार्केटिङ सहायक प्रबन्धक आस्था सत्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता कार्यक्रममा एसियन पेन्ट्सका तर्फबाट मार्केटिङ सहायक प्रबन्धक अंकिता श्रेष्ठको पनि उपस्थिति थियो। एसियन पेन्ट्स नेपालमा अन्तर्राष्ट्रिय पेन्टहरू […]