रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका लागि पुस ७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरेको आईपीओको प्रि–अलोटमेन्ट पश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्कासन गर्नेछ। […]