स्टन्ट गर्नुलाई सामाजिक-राजनीतिक वृत्तमा सस्तो र हल्काफुल्का प्रवृत्तिका रूपमा हेरिन्छ। तर, स्टन्ट आफैँमा एउटा कला हो। राजनीतिमा यो कलाले झनै काम गर्छ। किनकि, स्टन्टबाजीमा उत्रिएपछि नै नेताहरूको भिडमा ऊ आममान्छेको आँखामा पर्छ। चर्चाको पात्र बन्छ। मिडियाको ‘राडार’ मा पर्छ। यसको अर्थ, ऊ देखिन्छ र सुनिन्छ। पहिलो र दोस्रो संविधानसभामा सभासद् भएर जाँदा यस्तै स्टन्टबाज नेताको […]