सर्वोच्चमा डढेका मुद्दाका मिसिल संकलन सुरु

सर्वोच्च अदालतले डढेका मुद्दाका मिसिल संकलन गर्दै दैनिक पेसी सूचीअनुसारका मुद्दामा १ मंसिरदेखि नियमित सुनुवाइ थालेको छ। २४ भदौमा जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा तोडफोड, लुटपाट, आगलागीका कारण मिसिललगायत कागजात र कम्प्युटर रेकर्ड नष्ट भएका थिए। त्यसपछि अदालत भवनलगायत भौतिक संरचना जलेर ध्वस्त भएकाले नियमित सुनुवाइ अवरुद्ध भएको थियो। सर्वोच्चको मुख्य भवन पूर्णरूपमा ध्वस्त भएकाले […]