काठमाडाैं। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आइतबार शुरु हुने क्रममा रहेको छ। शनिबार भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन भएको महाधिवेशनको मुख्य कार्यसत्र आइतबार भृकुटीमण्डपमा शुरु हुन लागेको हो। बिहानैदेखि प्रतिनिधिहरूको चहलपहल बढेको छ। हल वरिपरि उत्साह र व्यस्तता छाइरहेको छ। महाधिवेशनमा देशैभरीबाट निर्वाचित र मनोनित गरी कूल २ हजार २ सय ६२ […]