काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ब्याटिङ उकास्दा कर्णाली याक्सले १५७ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन जोड्यो । लुम्बिनीका कप्तान ४९ रन जोडेर आउट भए […]