त्यति बेला गाउँघरमा कन्याको खोजी गर्ने क्रममा घाँस वा दाउराको भारी हेरेर योग्यता जाँचिन्थ्यो। हाम्रा बाजेसहितका केही आफन्त कन्याको खोजी गर्ने क्रममा सिर्प जाँदा तेह्र वर्षकी कलिलो उमेरकी हाम्री आमाले वनबाट घाँसको गतिलो भारी ल्याएर गोठको छेउमा बिसाएपछि उहाँ दुलही बन्न योग्य ठानिएको रहेछ।