देश अब व्यक्ति होइन, विधि र प्रणालीको मार्गमा हिँड्नुपर्छ

नेपाल एउटा ऐतिहासिक मोडमा उभिएको छ। राजनीतिक परिवर्तन धेरै भए, तर प्रणालीगत सुधार अझै अधुरो छ। राजनीतिक नारा, विचारधारा र गठबन्धन बदलिँदै गए, तर शासनको अभ्यास अझै व्यक्ति, पहुँच र सिफारिसमा केन्द्रित छ। फलस्वरूप, राम्रो तथा योग्य मान्छे पनि कहिल्यै प्रणालीको भरोसा गर्न सक्दैन र इमानदार कर्मचारीहरूसमेत सिस्टमभन्दा व्यक्ति बलियो हुने वातावरणका कारण निराश छन्। […]