६० प्रतिशत बढी जलन भएकी गायिका नितु पौडेलको मृत्यु

गत शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित एउटा स्टुडिओबाट प्रहरीले गायिका पौडेललाई उद्धार गरेको थियो । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। उनको शरीरको ६० प्रतिशत भाग जलेको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले स्वास्थ्यखबरलाई बताएका थिए।