जेन-जी आन्दोलनको दोस्रो दिन २४ भदौमा आन्दोलनकारीको एक समूह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेलबाट छुटाउनुपर्छ भन्दै ललितपुरको नख्खु कारागार पुग्यो। कारागार तोडफोड र आक्रमणमा उत्रियो। लामिछानेलाई जेलबाट निकाल्न रास्वपाका नेता-कार्यकर्ता र शुभेच्छुक नख्खु पुगेका थिए। प्रदर्शनकारीको जोडबलपछि उनी कारागारबाट निस्किए। कारागारमा ‘असुरक्षा’ बढेपछि प्रशासनले एउटा कागज गरेर उनलाई तत्कालका लागि छोडिदिएको थियो। […]