दमौली। व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। मगर र गुरुङ समुदायको गाउँलाई खेलकुदको माध्यमबाट चिनाउने उद्देश्यसहित आगामी माघ १६ गते अल्ट्रा म्याराथन आयोजना गर्न लागिएको हो। व्यास नगरपालिका–५ मानुङकोट र व्यास नगरपालिका–८ पुलिमराङलाई खेल पर्यटनमार्फत जोड्ने उद्देश्यसहित म्याराथन आयोजना गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए। […]