सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका प्रतिनिधिबीचको वार्ता सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । उनले भने, “सरकार र नागरिक बचाउ अभियानबीच सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ […]