काठमाडौँ। मधेस पूर्वसभामुख रामचन्द्र मण्डलले प्रदेश सांसदको पदबाट राजीनामा दिएका छन्। नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएपछि मण्डलले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका हुन्। उनले सोमबार सभामुख रामआशिष यादवलाई राजीनामा पत्र बुझाए। उनी आगामी २१ फागुनमा हुने निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नेछन्।