मुगुको सोरुमा अज्ञात रोग फैलिँदा २ सयभन्दा बढी भेडाबाख्रा मरे

यति ठूलो क्षति हुँदा समेत सोरु गाउँपालिकाको पशु स्वास्थ्य शाखा र जिल्ला पशु सेवा कार्यालय चासो नदेखाएको स्थानीयको गुनासो छ । स्थानीय सरकारले घटनाबारे समयमै जानकारी नलिएको भन्दै स्थानीयवासीले दुखेसो पोखे ।