अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसा जारी गर्ने काम तत्काल रोकिएको पुष्टि गरेपछि विश्वभरका डीभी विजेताहरू बीच चिन्ता र अनिश्चितता बढेको छ। यो अस्थायी रोक मुख्यतः डीभी कार्यक्रमअन्तर्गत सुरक्षा जाँच र भेटिङ प्रक्रियाको पुनरावलोकन गर्न लागु गरिएको विदेश मन्त्रालयले स्पष्ट पारेको छ। यसै सन्दर्भमा मन्त्रालयले डीभी जारी रोकिएको विषयमा चार प्रमुख प्रश्नका जवाफ सार्वजनिक गरेको छ। […]