युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएका छन्। रुस-युक्रेन युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक प्रयासहरूको एक महत्त्वपूर्ण चरणका रूपमा यस भेटलाई हेरिएको छ। यो भेट आगामी आइतबार अमेरिकाको फ्लोरिडामा हुने तय भएको बताइएको छ। जेलेन्स्कीका अनुसार भेटमा अमेरिकाले मध्यस्थता गरिरहेको शान्ति योजना र युक्रेनका लागि आवश्यक अमेरिकी सुरक्षा ग्यारेन्टीबारे छलफल हुनेछ। […]