युएसएमएलई म्याचिङका लागि बधाई, 'आदर्शवाणी'बाट मेहनतलाई ठेस नपुर्‍याउ!

एमबीबीएस पढेपछि एमडी गर्नुपर्ने हुन्छ। त्यसको पनि आफ्नै व्यथा छन्। त्यसपछि डीएम गर्नुपर्ने हुन्छ। त्यसका पनि थप व्यथा छन्। पढेर सकेपछि पनि ठाउँ त्यही हो समाज त्यही हो राज्य उही हो। तलब सुविधामा धेरै उन्नति केही हुँदैन। पढ्ने बेलामा त सरकारी चिकित्सकको तलबको त सुनिश्चितता गर्न नसक्ने नियमकानून छन् यहाँ!  क्लिनिक आदिमा काम गर्दा सबैतिर समान आय हुँदैन। दुई चारजना नाम चलेका  चिकित्सकहरुलाई भ्याइ-नभ्याइ हुन्छ। अरुलाई सङ्घर्ष नै हुन्छ।