खोटाङ। खोटाङको साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत सोमबार वडा ३ खिदिमास्थित मानेभञ्ज्याङ-पाँचधारे सडकखण्डमा सरसफाइ गरिएको छ। साबिक खिदिमा गाविस ६ ढाँडे टोलका २१ जनाको सहभागितामा करिब दुई किलोमिटर सडक सरसफाइ गरिएको हो। सडकको दायाँ-बायाँ फैलिएका झाडी तथा विभिन्न प्रजातिका बोटबिरुवा र भलबाढीका कारण थुनिएका नालीले सडक साँघुरो बनाएपछि स्थानीय जनश्रमदानमा जुटेका हुन्। […]