तोकिएको मितिमै निर्वाचन हुन्छ : संयोजक दाहाल

कास्की। नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन हुने भएकाले निर्वाचन प्रक्रियामा जुट्न निर्देशन दिएका छन्। पोखरामा बुधबार आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक दाहालले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सुनिश्चित भएकाले प्रचारप्रसार अभियानमा सक्रिय हुन काममा जुट्न निर्देशन दिएका हुन्। निर्वाचन हुँदैन की भन्ने द्विविधाबाट मुक्त भई अबको […]