सुनसरी क्षेत्र नं.३ : विजय र भगवतीलाई रास्वपासँगै नेकपा उम्मेदवारको चुनौती
सुनसरी क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौं पटक चुनावी प्रतिस्पर्धामा छन् । तेस्रो प्रयासमा अघिल्लो पटक चुनाव जितेकी एमालेकी भगवती चौधरीले फेरि जसरी पनि जित्ने रणनीतिमा लागेकी छन् ।